जेनजी आन्दोलनका क्रममा सार्वजनिक संरचनामा परेको क्षतिको मूल्यांकन तथा पुनःनिर्माण योजना तयार गर्न सरकारले गठन गरेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। आन्दोलनका दिनहरूमा सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार र संरचनामा व्यापक भौतिक क्षति पुगेपछि सरकारले विस्तृत तथ्यांक संकलन र पुनःनिर्माणका प्राथमिकता तय गर्न समिति गठन गरेको थियो। समितिले क्षतिको वास्तविक अवस्था, पुनःनिर्माणका लागि आवश्यक बजेट तथा दीर्घकालीन सुरक्षा व्यवस्थापनका सुझाव समेटेर प्रतिवेदन पेस गरेको जनाएको छ।

सरकारले प्रतिवेदनका आधारमा पुनःनिर्माण तथा मर्मतसम्भारका काम छिट्टै अघि बढाउने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय