काठमाडौं — नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा बयानका लागि उपस्थित भएका छन्। भदौ २३ र २४ गते काठमाडौं केन्द्रित जेनजी आन्दोलनका क्रममा उनी गृहमन्त्रीको जिम्मेवारीमा रहेका कारण आयोगले उनीसँग बयान लिन लागेको हो।आयोगले आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षा व्यवस्थापन, सरकारको निर्णय प्रक्रिया तथा त्यस समयमा गृह मन्त्रालयबाट भएका निर्देशनहरूबारे जानकारी लिन लेखकलाई बोलाएको जनाएको छ। जेनजी आन्दोलनका बेला भएको क्षति, प्रदर्शनको स्वरूप र राज्यको भूमिकाबारे छानबिन गर्न गठित आयोगले क्रमशः सरोकारवाला व्यक्तिहरूको बयान लिइरहेको छ।

आयोग स्रोतका अनुसार तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकले सुरक्षा निकायलाई दिएका निर्देशन, आन्दोलन नियन्त्रणका उपाय र परिस्थितिको मूल्याङ्कनसम्बन्धी विषयमा सोधपुछ गरिनेछ। यसअघि आयोगले सुरक्षा निकायका अधिकारी, आन्दोलनसँग सम्बन्धित पक्ष र सरकारी कर्मचारीसँग पनि बयान लिइसकेको छ।जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको तथा मानवअधिकार उल्लङ्घनको आरोपसमेत उठेपछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको जनाएको छ। आयोगको निष्कर्षले आन्दोलनसम्बन्धी जिम्मेवारी निर्धारण र आगामी नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय