काठमाडौं । जेनरेशन जेड (जेनजी) आन्दोलनको क्रममा सरकारले गरेको दमनविरुद्ध चन्द्रागिरिमा दबाबपूर्ण प्रदर्शन हुने भएको छ ।

सोमबार बेलुका बसेको सर्वपक्षीय बैठकले मंगलबार दिउँसो ३ बजे गुर्जुधारा चोकमा भेला भई शान्तिपूर्ण रुपमा ब्यानरसहित सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर कमिटीका सचिव सुमित्रा महर्जनले सरकारले साना साना विद्यार्थीहरुलाई ड्रेसमै गोली हानेर आतंक मच्चाएको बताउनु भयो । उहाँले जेनजीको प्रदर्शनमा सरकारले सीमा क्षेत्रमा दुस्मनलाई गोली हानेझै गरी विद्यार्थीलाई सडकमा ढालेको भन्दै आक्रोश पोख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिका अध्यक्ष जनार्दन केसीले जनता मारेर बहादुरी नदेखाउन सरकारलाई चेतावनी दिनुभयो । उहाँले देशको लिपुलेक र लिम्पियाधुरा क्षेत्र ल्याउन सीमा क्षेत्रमा गएर दुस्मनलाई मार्ने आँट र हिम्मट जुटाएर देखाउन पनि चुनौति दिनुभयो ।

कार्यक्रममा यूवा व्यवसायी तथा समाजसेवी रामनारायण घिमिरेले आजको दिन रातो रगतले लतपत्तिएको कालो दिन भएको बताउनु भयो । उहाँले सत्ता र शक्ति बचाउन नाती पुस्तालाई राज्यले किरा मारेझै मारेको भन्दै सरकारको कडा आलोचना गर्नुभयो ।

यस्तै मानवअधिकारकर्मी तथा संचारकर्मी दिनेश परियारले सरकारको यो कदम क्षम्य नभएको बताउनु भयो । उहाँले गृहमन्त्री रमेश लेखकले राजीनामा दिंएकै भरमा सरकारले देखाएको नाङ्गो नाचको जनताले विर्सनै नसक्ने उल्लेख गर्नुभयो ।

बैठकले मंगलबार शान्तिपूर्ण रुपमा हुने दबाबमुलक प्रदर्शनमा सम्पूर्ण नगरबासीलाई उपस्थित हुन पनि आग्रह गरेको

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय