काठमाडौं । जिल्ला कारागार रामेछापमा कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । बिहानै कारागार भित्र रहेका कैदीबन्दीहरुले जेलको भित्रको गेट तोडेर बाहिरी गेट तोड्न लागेपछि सेनाले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।
अस्पतालमा ल्याइएका घाइते मध्ये ३ जनाको मृत्यु भएको रामेछाप अस्पतालले जनाएको छ । गोली लागेर १३ जना कैदीहरू घाइते भएको छन् । उनीहरुको अहिले जिल्ला अस्पताल रामेछापमा उपचारका भइरहेको छ ।



रामेछाप कारागारमा ३ सय ३५ जना कैदीबन्दीहरु रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ ।



