काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

गएराति ना.६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा त्यसमा सवार कैलारी गाउँपालिका–५ का ६० वर्षीय कलेसु चौधरी र उहाँकी श्रीमती ७० वर्षीया सीतारानी चौधरीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट बयलगाडा तानिरहेको एउटा गोरु पनि मरेको छ भने अर्को गोरु घाइते भएको जनाइएको छ ।

ट्रकले ठक्कर दिएपछि टाउको र मुखमा गम्भीर चोट लागेका श्रीमान श्रीमती दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । चिकित्सकले चेकजाँच गरी सीतारानीलाई मृत घोषणा गरेका थिए । यसैगरी, कलेसुको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चालक धनगढी उपमहानगरपालिका –३ बोराडाँडीका ३३ वर्षीय रुबेन थापामगरलाई ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय