ठमेल क्षेत्रबाट प्रहरीले ९ जना विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौर बाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका नागरिक हुन् । उनीहरूले पर्यटक तथा सर्वसाधारणलाई बाटो छेकेर दुर्व्यवहार गर्ने, अश्लील हर्कत गर्ने र यौन क्रियाकलापका लागि मोलमोलाइ गर्ने गरेको आरोप प्रहरीले लगाएको छ ।

प्रहरीले लगातार गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त लैनचौरमा अनुसन्धान भइरहेको छ । यसअघि पनि ठमेल क्षेत्रबाट ठूलो संख्यामा युगाण्डाका महिला पक्राउ परेका थिए र उनीहरूलाई अध्यागमनमार्फत डिपोर्ट गरिएको थियो । पछिल्लो समय टुरिस्ट भिसामा आएर यौन गतिविधिमा संलग्न हुने घटना बढेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय