खुट्टागुमे, खुट्टाकै कारण घरजग्गा सकियो, तर आत्मविश्वास गुमेन । धनकुटाको महालक्ष्मीनगरपालिका–८ का ७५ वर्षीय दलबहादुर पौडेल र धनबहादुर श्रेष्ठ खुट्टा त गुम्यो तर पनिपनि डोको बुनेर आत्मनिर्भर जीवनबिताइरहनु भएको छ ।

धनकुटाको महालक्ष्मीनगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय दलबहादुर पौडेलले २०६४ सालमा खुट्टाको घाउ निको नहुने भएपछि खुट्टा काटेर फाल्नु प¥यो । खुट्टाको उपचारकै लागिगाउँमा रहेका घर र अलिकति खेतबारी बिक्री गरेपछि उहाँबिक्रीभएको घर जमिन छाडेर केहीमाथिको नेताचोकमाबसाई सर्नु भयो । नेताचोकमा आएपछि युवाअवस्थामासिकेको डोको बुन्ने पेसा सुरु गर्नुभयो । उहाँहाल सम्मनिरन्तर डोका बुन्ने कामगदै आउनु भएको छ । तिनदिनमादुई वटा डोका बुनेर सकिने पौडेलको भनाई छ । एकल पुरुषको रूपमा रहनु भएकापौडेलकादुई श्रीमती र एक छोरी भएपनिखुट्टा काट्नु भन्दापहिले नै एक श्रीमतीले छाड्नु भएको तथाअर्की श्रीमतीको मृत्यु भएको र छोरीको विवाहभइसकेको थियो । डोकोकै कारण हाल सम्मजीवनजिउन सहजभएको पौडेल बताउनु हुन्छ ।

सोही स्थानकाधनबहादुरश्रेष्ठको पनिदुवै खुट्टा छैनन् । उहाँपनि डोकोबाटै जीविकोपार्जन गर्दै आउनु भएको छ । श्रेष्ठको टिटनास रोगको कारण दशवर्ष पहिले दाहिने र पाँचवर्ष पहिले देब्रे खुट्टा काट्नु परेको थियो । हिडडूल गर्ननसक्ने भएपछि उहाँले डोको बुन्न सुरु गर्नु भएको हो । दशवर्ष यताउहाँपनिनिरन्तर डोको बुन्दै आउनु भएको छ । श्रीमान् र श्रीमती गरी दुईजनामात्र रहनुभएकाश्रेष्ठको श्रीमती डिप्रेसनको सिकार बन्नु भएको छ । आफ्नो डोको बुनेको कमाई र सरकारले दिने भत्तावाट श्रीमतीको औषधिआफ्नो उपचार र घर खर्च जोहो हुँदै आएको श्रेष्ठ बताउनु हुन्छ ।

राम्रो वासबाटदुई वटा सम्म डोका हुन्छ । एक घनो बास पचास रुपियाँमा पाइन्छ र डोका तिन सय रुपियाँ सम्ममाबिक्री हुन्छ ।स्थानीय चेतनकार्की उहाँहरू गाउँकै मिहिनेतीब्याक्तिभएको बताउनु हुन्छ । अप्ठ्यारो पर्दा सहयोग गर्दै आउनु भएकाकार्की उहाँहरूबाट धेरै कुरा सिक्नुपर्ने बताउनु हुन्छ ।

यतामहालक्ष्मीनगरपालिकाले पनिउहाँहरूलाई मागभएको बेला स्वास्थ्यउपचारको लागि सहयोग गर्दै आएको बताएको छ । उहाँहरूकै मिहिनेत देखेर पालिका भरीकाशारीरिक रूपमाअशक्तअन्यब्याक्तिहरुलाई उनीहरूले सक्ने उद्यमबारे तालिम र प्रविधिवितरण गदै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय