बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ । साल्झण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–ढोरपाटन खण्ड अन्तरगत सुकुरदुङमा मंगलबार राति एक्कासी सडक माथिदेखि खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कार्पियो पुरिएको हो । स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा पहिरोमा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो । गाडी पुरिदा मानवीय क्षति भने नभएको उहाँको भनाइ छ ।
अहिले मेसिन प्रयोग गरेर गाडी निकाल्ने र सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय