काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. १० ले चन्द्रागिरि नगरपालिकाको सतुंगलमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
२५६९औं बुद्ध जयन्तीको अवसर पारेर सतुंगलको लाक्षीमा रक्तदान शिविर गर्न लागेको नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. १० का सभापति ईश्वर लामाले जानकारी दिनुभएको छ ।
लामाले बैशाख २९ गते अर्थात् भोलि विहान साढे सातदेखि साढे दश बजेसम्म शिविर सञ्चालन हुने पनि लामाले जानकारी दिनुभयो ।



तरुण दलले विगत केही वर्ष रक्तदान शिविरहरु सञ्चालन गर्दै आएको छ । साथै, तरुण दलले भोलिको रक्तदान कार्यक्रममा सहभागी हुन पनि सम्पूर्णमा आब्हान गरेको छ ।



