काठमाडौं । काठमाडौंको सिनामंगलबाट बरामद गरिएको तस्करीको सुन नेपाल राष्ट्र बैंकले आज गाल्ने भएको छ ।स्कुटरको ब्रेक शु बनाई लुकाएर ल्याइएको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले निकालेको हो । एक सय किलो भनिएको सुन सोमबार जोखेर हेर्दा ६० किलो ७ सय ८९ ग्राम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको थियो ।

आज विहान साढे दश बजे गाल्न सुरु गर्ने महाशाखाले जनाएको छ । ब्रेक शु पहिले जोख्दा १ सय ५५ किलो भएको थियो ।त्रिभुवन भन्सार कार्यालयबाट छुटेको सुन राजश्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय