काठमाडौं — गृहमन्त्री सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर उपचारका क्रममा मंगलबार मृत्यु भएका रवीन्द्र मेहताका परिवार तथा आफन्तलाई भेट्न काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
गृहमन्त्रीले अस्पताल पुगेर शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाबारे जानकारी लिएका छन्। साथै, सरकारले यसअघि मृतकका परिवारसँग गरेको सहमति कार्यान्वयनका विषयमा पनि छलफल भएको जनाइएको छ।



रवीन्द्र मेहता गत १० साउनमा कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो। उनको मृत्युपछि स्थानीयले सहिद घोषणा र सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन गरिरहेका छन्।



