काठमाडौं । थानकोट–चित्लाङ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोसँगै सडकमा ठूलठूला ढुङ्गा र माटो खसेपछि उक्त सडकखण्डमा सवारी साधनको आवागमन प्रभावित भएको हो ।
सडक संचालनमा ल्याउन सम्बन्धित निकाय तथा प्राविधिक टोलीले सडकमा खसेका ढुङ्गा र पहिरो पन्छाउने कार्य गरिरहेको छ । सडक यथाशीघ्र सुचारु गर्ने प्रयास जारी रहेको छ ।



यस सडकमार्ग प्रयोग गर्ने सवारी चालक तथा यात्रुलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायबाट प्राप्त हुने आधिकारिक सूचनालाई ध्यानमा राख्न आग्रह गरिएको छ । सडक पूर्णरूपमा संचालनमा आउँछ भन्ने समय सार्वजनिक गरिएको छैन ।



