काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिकाको जंगल क्षेत्रमा भीषण डढेलो फैलिएको छ। नगरप्रमुख मोहन बस्नेतका अनुसार बुधबार साँझ ४–५ बजेदेखि लागेको आगो अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। डढेलो हालसम्म वडा नं १, ३, र ४ को जंगल क्षेत्रमा फैलिएको छ, जसका कारण ३० हेक्टरभन्दा बढी वनक्षेत्र नष्ट भइसकेको छ। आगो निभाउन नगर प्रहरी, जनपथ प्रहरी, र स्थानीय उपभोक्ता समूहहरू सक्रिय छन्।

नगरप्रमुख बस्नेतले भने, “डढेलो केही नियन्त्रणमा आएको छ, तर ठूटामा सल्किएको आगो फेरि फैलिने जोखिम छ।” उनले सडक मार्गका कारण बस्तीमा आगो फैलिने सम्भावना भने हाललाई टरेको बताए। प्रारम्भिक विवरणअनुसार, डढेलो वडा नं ४ बाँसबारी क्षेत्रबाट फैलिएको हो। स्थानीय अधिकारीहरूका अनुसार डढेलो नियन्त्रणका लागि थप जनशक्ति र स्रोत आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय