राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह ले आज बिहानैदेखि झापा–५ अन्तर्गत दमक क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्। घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, अपेक्षा र गुनासा सुनेका छन्। उनले विकास, सुशासन र पारदर्शितालाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याउँदै आफ्नो पक्षमा मत मागिरहेका छन्।

रास्वपाले विभिन्न क्षेत्रमा आयोजना गर्ने भनिएका केही चुनावी सभा स्थगित भएपछि पार्टीले झापा–५ मा ध्यान केन्द्रित गरेको जनाएको छ। सोही अनुसार शाहले दमक क्षेत्रमा प्रत्यक्ष भेटघाटमार्फत मतदातासँग सम्बन्ध सुदृढ गर्ने रणनीति अपनाएको बताइएको छ। पार्टी स्रोतका अनुसार आगामी दिनमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय