काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग संयुक्त छलफल गर्ने लाग्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे छलफलको लागि बोलाइएको हो ।
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि दलहरु दर्ताको प्रक्रिया चलिरहेको बेला प्रधानमन्त्रीले सबै दललाई चुनावमा सहभागिताका लागि आह्वान गर्न संयुक्त छलफल गर्न लागेको बताइएको छ ।



यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू र जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टाछुट्टै छलफल गरिसक्नुभएको छ ।



