काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ ।
प्रत्येक वर्ष राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि भनि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सटही गरेको थियो । बैंक तथा वित्तीय संस्थालाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।



राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था घटस्थापनाको आसपास देखि गर्ने भएको छ ।



