काठमाडौं । दुई दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कमा आएका छन् ।
२४ गते बिहान कार्यालयमा मोबाइल नेटवर्क नआएको भन्दै गाडी चढेर रुकुम पूर्वतर्फ हिंडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी दुई दिन सम्पर्कविहीन भएका थिए । कर्मचारी सम्पर्कमा नआएपछि पछि गाउँपालिकाकाले बुधबार सूचना निकालेको थियो ।



प्रमुख प्रशासकीय अधिकृतसहित सातै जना आज विहान सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर, सहायक प्रशासन पाँचौ हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कंडेल, सब इन्जिनियर चन्द्रप्रकाश ओली र निशा आचार्य लगायतका ७ कर्मचारी बेपत्ता भएपछि गाउँपालिकाले सूचना प्रकासन गरेको थियो ।




