राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज बिहान भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताउनुभयो । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशंकामा उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ । प्रसाईं पछिल्लोपटक फागुन ४ गते पक्राउ परेर १३ गते रिहा भएका थिए ।






