काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागार्ई पक्राउ परेका छन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौलागाईलाइ पक्राउ गरेको हो । बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा चौलागाई पक्राउ परेका हुन । निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज बचतकर्ताहरुले फिर्ता नपाएपछि सहकारीकाअध्यक्ष बिरुद्द पीडितहरुले प्रहरीमा उजुरी गरेका थिए ।

 

काभ्रेको देउराली गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका अध्यक्ष चौलागाईले संचालन गरेको सहकारीबाट पीडित अन्य निक्षेपकर्तालाई पनि यथाशीघ्र सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय