२०८२ भदौ २४ गते जेनजीको आन्दोलन उग्रबन्दा देश लगभग खरानी बन्यो । देशैभर लुटपाट र आगजनी हुँदा राज्य संचालनका तीन अंग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाईयो । राज्य संयन्त्रणका तीन अंग खरानी बनाउन काठमाडौं महानगर पालिकाका मेयर बालेन साहसहित स्वतन्त्र तिब्बत समूहको टिओबी (तिबेतन ओरिजिन ब्लडका तेन्जिङ दाबा लामा, हामी नेपाली, बारबारा फाउण्डेशनका सुदन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले, कांग्रेस, माओवादीलगायतका नेता र कार्यकर्ताहरु प्रत्यक्ष रुपमा नै संलग्नता देखियो । आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा आगो लगाई खरानी बनाउनेमा कतिपय कवाडी व्यवसायीका साथै भारतीय नागरिकसमेत देखिए ।




देशलाई खरानी बनाएर जघन्य अपराध गरेका ती व्यक्तिलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठ्दै गर्दा सुदन गुरुङ जस्ता व्यक्तिले जेनजी आन्दोलनको नाम दिंदै कारवाही नगर्न भनेपछि गृह मन्त्रालयबाटै त्यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन रोक लगाइँयो । सिंहदरबारमा खरानी बनाएर इतिहास मेटाउने त्यस्ता अपराधीहरु अहिले खुलमखुल्ला छात्ति फुलाएर हिडिरहेका छन् । जेनजीको नाममा देशलाई जलाएर आगो ताप्ने त्यस्ता अराजक तत्वहरुलाई सरकारले उन्मिुक्ति दिंदै गर्दा भोलि फेरी त्यस्ता व्यक्तिले देश जलाउँछन् भन्ने हेक्का नै राखेनन् देशका शासकहरुले ।

देशको गहनाको रुपमा कलाकारलाई लिन्छ हाम्रो समाजले । त्यही गहना भदौ २४ गते देशलाई जलाएर जघन्य अपराधको श्रृंखलामा भागिदार बन्यो । परिचालित भएर हुन् या नबुझिकनै आवेगमा आएर उनीहरुले देश जलाउनलाई आफ्नो सहभागिता प्रत्यक्ष रुपमा देखाए । ति कलाकारहरुले सोचेका पनि थिएनन् होला देश जलाउँदा बखतको आफ्नो भिडियो सार्वजनिक हुन्छ भनेर । आफ्नो भिडिओ फुटेजहरु सामाजिक सञ्जालमा छरपष्ट हुन थालेपछि आफुहरु आन्दोलनको क्रममा त्यहाँ मात्र पुगेको आगो नलगाएको भन्न भ्याएका छन् भने कोही एआइले बनाएको भन्दै रेडिमेड उत्तर दिएर भाग्ने खोजेका छन् ।
जेनजी आन्दोलनकारीहरुको आन्दोलन हिंसामा परिणत भएपछि भाद्र २३ गते २१ जना मारिएका थिए । यसबाट आक्रोसित जेनजी समूह, राप्रपा, रास्वपा, एमाले, कांग्रेस, माओवादीका कार्यकर्ता र विशेष रुपमा घुसपैठ गर्ने समूहहरु सक्रिय भए । यो आन्दोलनलाई अपराधिकरण गर्नेहरुलाई जेनजी आन्दोलनकारीहरुले रोक्न सकेनन् । ७६ जना मारिएको आन्दोलन उपलब्धि भन्दा आतंक र सार्वजनिक सम्पत्ति नष्ट भएको आलोचना खेप्न बाद्य भए ।

यसरी २०८२ साल भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा तोडफोड गर्न उक्साएर उत्तेजना फैलाउन सक्रियता देखाउनेहरुमा कलाकार दीपकराज गिरी, संगीतकार चेतन सापकोटा, निश्चल बस्नेतजस्ता कलाकारहरु लागेका थिए । पछिल्लो समयमा सिंहदरबार जलाउन उक्साएको भिडिओ सार्वजनिक भएपछि निश्चल बस्नेतलाई बहिस्कार गर्ने अभियान नै चलेको छ । सिंहदरबार जलाउन जानेहरुमा राप्रपाका नेता कैलाश कटवाललगायत छन् ।

त्यसैगरी पञ्चायतकालका शिक्षामन्त्री तनहुँका क्षेत्र प्रताप अधिकारीका छोरा अमन प्रताप अधिकारीले अश्लिल शब्द बोल्दै संसद भवन बाहिर आगो लगाउन गएको भिडिओ प्रष्ट रुपमा देख्न सकिन्छ । उनले संसद भवन जलाएकोमा गर्व गर्दै अश्लिल शब्द बोलेको सुनिछ ।

यस्तै युलेन्स स्कूलमा आगो लगाउनेहरुसँग खुशी साट्दै क्याप्टेन विजय लामाले सेल्फी खिचेका छन् । उनीहरु पनि कानूनी फन्दामा पर्दैछन् । तिब्बेतियन ओरिजिन ब्लडका तेन्जिङ दावा लामा पक्राउ परिसकेका छन् । उनी सिंहदरबारमा हतियार पड्काएर आंतंक मच्चाउने पात्र हुन् । उनको नागरिकतासमेत नक्कली भएको प्रहरीको अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।
कसको घर कसले जलाउन नेतृत्व गरे ?
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा आगो लगाउनेमा नेपाली कांगं्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा रहेको आरोप छ । नेकपा एमालेका नेता महेश बस्नेतको घर जलाउनमा जाजारकोटका दीपक बिकलगायत गुण्डु दार्जलिङहाइटका रास्वपा कार्यकर्ताहरु, राप्रपा कार्यकर्ता संलग्न रहेको बताएको छ । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको घरमा आगो लगाउन नेतृत्व गर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने राष्ट्रिय युवा संघका नेता सोनम थेवे रहेका छन् । रातोपुलस्थित कांग्रेस महामन्त्री गगन कुमार थापाको घर जलाउनेमा नेकपा एमालेका स्थानीय नेता सुरेन्द्र श्रेष्ठ भएको थापा स्वयंमले आरोप लगाएका छन् ।



