काठमाडौं । आज विहानैदेखि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका एक दुई स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहनुका साथै भारतको उत्तर पूर्वी प्रदेश तथा बिहार नजिक रहेकोले पनि त्यसको प्रभाव नेपालमा परिरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय