वर्षौंदेखि ज्वाला बलिरहेको दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै चिनियाँ सहयोगमा भइरहेको अन्वेषणअन्तर्गत ड्रिलिङको ४० प्रतिशत काम सकिएको छ । ४ महिनामा सक्ने गरी गत जेठदेखि सुरु भएको ड्रिलिङको काम थालिए पनि जमीनको तल्लो भागमा कडा चट्टानका कारण १ महिना ढिला हुने अनुमान गरिएको छ । ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हालसम्म १ हजार ७ सय १८ मिटर ड्रिलिङ भइसक्दा पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेत सफलतापूर्वक प्राप्त भइरहेको छ ।

दैलेखको भैरवी गाउँपालिका जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङको काम ४० प्रतिशत सकिएको छ । ४ महिना अवधिमा काम सक्ने गरी गत जेठदेखि ड्रिलिङ सुरु गरिएकोमा कडा चट्टानका कारण काममा केही समय ढिला भएको थियो । चिनियाँ र नेपाली विज्ञ टोली ३ महिनायता दिनरात नै पेट्रोलियम पदार्थको अन्वेषणमा खटिइरहेका छन् । अनुसन्धान सफल भए समग्र देशको आर्थिक विकासमा टेवा पुग्नेमा दैलेखबासी विश्वस्त देखिएका छन् । नेपाली र चिनियाँ टोलीको अनुसन्धान पूर्ण सफल हुनेमा स्थानीय ढुक्क छन् ।

वर्षौंदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानले देखिएपछि अन्वेषण थालिएको हो । जसका लागि गत वर्ष जग्गाको मुआब्जा वितरण तथा संरचना निर्माण गरिएको थियो भने चीनदेखि अन्वेषण सामग्री ल्याइएको थियो । अहिले काम निरन्तर चलिरहेको र उपलब्धिहरू प्राप्त हुने क्रममा रहेको प्रमुख जिल्ला अधिकारीको दावी छ ।

४ महिनामा काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएकोमा जमीनमुनि कडा चट्टानका कारण १ महिना ढिला हुने अनुमान गरिएको छ । ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हालसम्म १ हजा ६ सय ६६ मिटर ड्रिलिङ भइसकेको छ । अहिले विज्ञले २–२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरी तथ्यांक संकलन गरिरेहका छन् । २७ सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरुले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सृजना हुने अपेक्षा गरिएको छ । अनवरत रुपमा पानीमाथि आगो बल्दै आएको दैलेखको सिरस्थान, नाभिस्थान र पादुका क्षेत्र धार्मिक तथा सांस्कृतिक केन्द्र पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय