सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान चतरा सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ ।

सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीले निर्माण गर्दै गरेको पुल करिब ९५ प्रतिशत सम्पन्न भएको इञ्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार ७ सय ५० रुपैयाँमा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरेको थियो ।

सोही सडकखण्डमा पर्ने रेल्वे पुल निर्माणको काम भने अझै सुचारु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय