काठमाडौं । नेवार समुदायले गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाएसँगै चाडबाडको सुरुवात भएको छ । जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ ।

देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै जान थालेपछि चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का नेवार समुदाय यतिबेला धिमे बाजा संरक्षण अभियानमा सक्रिय भएर लागेका छन् । यस अतिरिक्त यस समुदायका युवालाई धिमेबाजा सम्बन्धी प्रशिक्षण समेत दिइएको छ । पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहेपनि राज्यले त्यसमा खासै सहयोग गरेको पाइँदैन । आफ्नो भाषा, संस्कार, संस्कृतिको पहिचान हराउँदै गएकोमा नेवार समुदायका अगुवाहरु बताउँछन् ।

धिमे बाजा नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन छ । यो समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला धिमे बाजा संरक्षणमा चन्द्रागिरिका नेवार समुदाय लागि परेका छन् ।

नेवार समुदायको एक महिने गुँला पर्व पनि सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय