काठमाडौं । धिमे बाजाको संरक्षण एवं विकासका लागि चन्द्रागिरि नगरपालिकामा पहिलो पटक बागमती प्रदेश स्तरीय खुल्ला धिमे प्रतियोगिता २०८२ हुने भएको छ । “हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान” नारा बोकेर वडा नं. ६ मा रहेको श्री नासः भैरव धिम्य खलः को आयोजनामा प्रथम बागमती प्रदेश स्तरीय खुल्ला धिमे प्रतियोगिता हुन लागेको हो ।

कात्तिक २९ गते शनिबार चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित प्रभात माध्यामिक विद्यालयको प्राङ्गणमा हुने धिमे बाजा महाभिडन्तमा बागमती प्रदेशका विभिन्न १७ वटा सांस्कृतिक संघसंस्थाहरुले नाम दर्ता गरेका छन् । प्रतियोगितामा सहभागीताका लागि प्रतिटिम २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको आयोजक श्री नासः भैरव धिम्य खलःले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ, कप मेडल तथा प्रमाणत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै दोस्रोलाई ५० हजार नगद, कप मेडल तथा प्रमाणत्र र तेस्रो हुनेलाई सान्त्वनास्वरुप १० हजार रुपैयाँ, कप मेडल तथा प्रमाणत्रको व्यवस्था गरिएको छ ।

गत असोज ११ गतेका लागि तय गरिएको प्रतियोगिता जेनजी आन्दोलनका कारण कात्तिक २९ गतेका लागि सारिएको हो । प्रतियोगिताको ournewscrew.com बाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय