काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि तोकेको समयसीमा आज सकिँदैछ । निर्वाचनमा सहभागी हुन इच्छुक रहेका नयाँ राजनीतिक दलहरूले आज आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । आयोगले यसअघि नै राजनीतिक दलहरूलाई समयमै तयारी गर्न आग्रह गर्दै दर्ता अवधि सार्वजनिक गरेको थियो ।

निर्वाचन तयारीलाई व्यवस्थित र पारदर्शी बनाउन आयोगले दल दर्ताका लागि सामान्य समयसीमासँगै निर्वाचन प्रयोजनका लागि छुट्टै समयसीमा समेत तोकेको छ । यसअनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन दलहरूले मंसिर १० गतेभित्र दर्ता प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ ।

आयोगका अनुसार दर्ता प्रक्रियामा ढिलाइ भए निर्वाचनमा सहभागिता प्रभावित हुन सक्ने भएकाले सबै दललाई तोकिएको समयसीमाभित्र दर्ता सुनिश्चित गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय