काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर दुःख हैरानी दिने ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई पक्राउ गरेको हो ।



देशका विभिन्न भागबाट राजधानी आएका यात्रुका झोला जबरजस्ती तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
पक्राउ परेकालाई सुरुको समयमा सम्झाइबुझाई पठाइएको र उक्त घटना पुनः दोहोराएमा कडा कारवाही गर्ने प्रहरीले जानकारी दिएको छ ।



