काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख २८४५ नम्बरको बस मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको जनाएको छ ।



प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । बस अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।



