काठमाडौं । राष्ट्रिय गौरबको आयोजना नागढुंगा सिस्नेखोला सुरुङमार्गको थानकोट क्षेत्रपट्टीको मुखको नजिकैको जमीन भासिएको छ । सुरुङ मार्गको माथिल्लो भाग भासिएपछि डाँडा माथी रहेका बस्तिहरु उच्च जोखिममा परेको छ । घट्टेखोला शिव मन्दिर हुँदै इन्द्रदह जाने बाटोको छेउँमा लगभग २ मिटर चौडाई र १० मिटरको गहिराईको खाल्डो परेछ ।

जमीन भासिएपछि त्यहाँका स्थानीयहरु आफ्नो घर छोडि सुरक्षित स्थानमा गई अन्यत्र छिमेकीको घरमा बस्न पुगेका छन् । स्थानीय भन्छन् सुरुङ मार्ग बनाउनु अघि आफुहरुले आफ्नो घर जमीन तलबाट सुरुङ बनाउँदा जोखिम हुन्छ भन्दा पनि जवरजस्ति सुरुङ बनाइएको र आज यो अवस्था आएको भन्दै मेयर घनश्याम गिरीसँग गुनासो गरेका थिए । उनीहरुले सुरुङ मार्ग बनाउँदा बारम्बार बम पड्काइएको र वरिपरिका क्षेत्रमा रहेका सम्पूर्ण घर चर्किएको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गरी उचित क्षतिपूर्तिको समेत माग गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सुरुङ मार्गको भाँसिएको ठाउँको अवलोकन गर्दै स्थानीयहरुको धनजनको रक्षाको लागि नगरपालिका सधै तत्पर रहेको बताउनु भयो । उहाँले यो क्षेत्र बस्न योग्य छ या छैन भनि भूगर्वविद्बाट चेकजाँच गर्ने र बस्न योग्य नभएमा यहाँको बस्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र उचित मुआब्जाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीयहरुले बारम्बार आफ्ना समस्याको विषयमा विभिन्न निकायमा पुगेको र कहिल्यै आफ्ना माग सम्बोधन नभएकोले अब माग पुरा नभएसम्म सुरुङ मार्गमा काम हुन नदिने चेतावनी दिएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय