राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले विहिबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण विरुद्ध रिट पेस गरेका हुन् ।
रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ । रिटमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन अन्तरिम आदेश माग गरिएको छ । अहिले रिट निवेदन दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।






