काठमाडौं । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले जेसिभीको मद्दतबाट पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । चट्टानसहितको पहिरो खसेकोले पन्छाउन केहीबेर लाग्ने जनाएको छ ।



पहिरोका कारण दुबैतर्फका सवारीसाधन बाटोमै रोकिएका छन् ।



