नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ । मंगलबार दिउँसो खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको छ ।
निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो । पहिरो झन्डै १० घण्टा लगाएर पन्छाएपछि अपरान्हदेखि सडक दुई तर्फी सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय