काठमाडौं । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उहाँलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।



प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले भुसाल सोमबार गोरखा आएको र विषेश सूचनाका आधारमा पक्राउ गरिएको बताउनुभयो । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।
भुसाललाई काठमाडौंस्थित अपराध अनुसन्धान महाशाखा ल्याइएको छ ।



