काठमाडौँ — जेनजी आन्दोलनका क्रममा राजधानी र देशका अन्य स्थानबाट उपचारका लागि ल्याइएका प्रदर्शनकारीमध्ये निजामती अस्पतालमा तीन जनाको मृत्यु भएको छ। अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए। यसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिएका छन्। दुई जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ।

यसअघि कालीमाटीमा प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भइसकेको थियो। सोमबार देशभर प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।
घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। स्वास्थ्यकर्मीहरू र अस्पताल प्रशासनले थप आपतकालीन तयारीका साथ घाइतेहरूको उपचारमा ध्यान केन्द्रित गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय