काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर उहाँकै निवासमा लगिएको छ । मंगलबार दिउँसोदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार पार्टी कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । नेम्वाङको भोलि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । नेम्वाङको निधनको शोकमा सरकारले अन्त्येष्टि गरिने दिन सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय