सत्तारुढ गठबन्धनमा आवद्ध नेताहरुले कृषि र पर्यटनलाई जोड दिएर आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन् । बैठकमा नेताहरुले कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सृजना गर्ने, प्रतिभा पलायन र युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

बैठकपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिइएको बताए । उनले आफूहरुले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको बताए ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकु नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सत्तारुढ दलमा आवद्ध नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय