काठमाडौं । नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर कमिटीका अध्यक्ष गोपी सुर्खेतीलाई मातृशोक परेको छ । सुर्खेतीका आमा सानिमैया सुर्खेतीको भक्तपुर क्यान्सर अस्पतालमा आज दिउँसो २ बजेर ५८ मिनेटमा निधन भएको हो ।

सुर्खेती विगत २६ महिनादेखि पित्त नलीको क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । सुर्खेतीलाई गत माघ १७ गते बिहीबार उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । २०१३ सालमा बनेपाको ओपीमा जन्मनु भएकी सुर्खेतीको श्रीमान इन्द्रबहादुर सुर्खेती हुन् । उहाँहरुका तीन सन्तान जेठी छोरी रिता बयलकोटी, छोरा सन्जिव सुर्खेती र कान्छा छोरा गोपी सुर्खेती रहेका छन् । गोपी सुर्खेती चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को पूर्ववडा अध्यक्ष समेत हुनुहुन्छ ।

सानिमैयाको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा रहेको यक्षमती घाटमा दाहासंस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय