काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल श्रीलंका प्रस्थान गरेका छन् । इन्टरनेसनल पिपल्स एसेम्बलीको आयोजनामा कोलोम्बोमा असार ३२ देखि आगामी साउन २ गतेसम्म हुने एसियाली संवादमा सहभागी हुन दाहाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
दाहालका साथमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन् ।

श्रीलंकामा रहँदा संयोजक दाहालले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय