काठमाडौं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशन स्थगित भएको छ ।

समितिले यसअघि मिति २०८२ माघ १८ र १९ गते काठमाडौंमा साधारण सभा तथा अधिवेशन गर्ने तयारी गरेको थियो । तर, निर्वाचन आयोगद्वारा लागू गरिएको आचारसंहिताका कारण हाललाई कार्यक्रम स्थगित गरिएको समितिद्वारा जारी गरिएको सूचनामा उल्लखे गरिएको छ ।

आचारसंहिता हटेपछि वा निर्वाचन प्रक्रिया सम्पन्न भएपछि नयाँ मिति तय गरी सम्बन्धित सबै सदस्य तथा सरोकारवालालाई जानकारी गराइने पनि समितिले जनाएको छ ।

समितिले साधारण सभा तथा अधिवेशन स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सबै व्यवसायी तथा प्रतिनिधिहरूलाई संयम र सहकार्यका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय