काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त हुनुभएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी हुन् ।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गतेबाट अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ ।
त्यसपछि खापुङको नियुक्ति लागू हुनेछ ।






