नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करण आज शुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङ गरिरहेको छ । एनपीएल नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपालकै ठूलो ट्वेन्टी(ट्वेन्टी फ्रेञ्चाइज लिग हो ।

प्रतियोगितामा आठ फ्रेञ्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट खेल्दैछन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । खेल अघि भव्यरुपमा उद्घाटन समारोह भएको थियो ।प्रतियोगिताको स्टारस्पोट र एक्सन स्पोट्सले लाईभ गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय