काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

वि.सं २०५९ मा सेवा प्रवेश गर्नुभएका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसक्नुभएको छ । हाल उहाँ मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहनुभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय