काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–४ स्थित शंखधर साःख्वाको शालिकमा माल्यापर्ण गरिएको छ । नेपाल सम्वत् ११४६ देशभर विविध कार्यक्रमको आयोजना गरि मनाउँदै गर्दा गाउँको बीचमा भागमा रहेको शिलाफल पोखरी नजिकै रहेको साःख्वाको शालिकमा माल्यार्पण गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–४ का वडाअध्यक्ष कृष्णप्रसाद खड्गीले नेपाल सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको बताउनु भयो । उहाँले शंखधर साःख्वाको स्मरण गर्दै जनताको ऋणमोचन गरी वि.सं. ९३७ (इ सं ८८०) मा शंखधरले नेपाल सम्वतको सुरुवात गराएसँगै आजका दिनसम्म उहाँको सम्झनामा देशैभरका जनताले स्मरण गरिरहेको उल्लेख गर्नुभयो । खड्गीले नेपाल सम्वतलाई काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउँदै आएको पनि बताउनु भयो । उहाँले वि.सं २००७ मा प्रजातन्त्रको स्थापनापछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइए पनि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको र वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय मान्यताको घोषणा गर्नुभएको बताउनु भयो ।

यसअघि वडा कार्यालयबाट बाजागाजाका साथ आई साःख्वाको शालिकमा माल्यापर्ण गरिएको थियो । माल्यापर्ण कार्यक्रम सम्पन्न भएसँगै समयावजी कार्यक्रम गर्दै साःख्वाको सम्झनामा दिनभर नै विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय