काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको संस्थापन समूहले ५ वर्षका लागि निष्काशन गरेको छ। यससँगै सहमहामन्त्री फरमुल्ला मन्सुर पनि कारबाहीमा परेका छन्।पार्टीका अनुसार, उनीहरूले निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेका थिए। गगन–शर्मा समूहले पार्टीको ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै यो कदम चालिएको हो। तर, उनीहरू सहभागी केन्द्रीय समितिले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो।



विशेष महाधिवेशन पक्षका महामन्त्रीद्वयले निर्वाचन समिति गठन गरी चुनाव प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। सभापति पदमा गगनकुमार थापाको नाम दर्ता भइसकेको छ भने अन्य पदाधिकारीहरूको मनोनयन पनि सकिएको छ। पार्टी विभाजन रोक्न नेताहरूले तीन चरणमा छलफल गरेका थिए। मंगलबार र बुधबारका छलफलले पनि समाधान निकाल्न सकेन।



