नेपाली सवारीसाधनलाई महोत्तरीको भारतीय सीमा नाकाबाट भारतीय सीमा सशस्त्र प्रहरी बल एसएसबी र राजस्व विभागले भारतमा प्रवेशमा निषेध लगाएको छ । भारतीय दुतावासको निर्देशनमा महोत्तरीको भिठामोड नाकाबाट भारत प्रवेश गर्ने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनलाई भारतीय क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।

भारतीय सशस्त्र प्रहरी बल र भारतीय कस्टम विभागका अनुसार दुतावासको निर्देशन अनुसार नेपाली सवारीसाधनलाई भारतीय क्षेत्रमा प्रवेश गर्नका लागि काठमाडौंस्थित भारतीय दुतावास र विरगंजस्थित महावाणिज्य दुतावासबाट सवारीसाधनको सडक परमिट र भारतीय दूतावासबाट अनुमति विना प्रवेश नदिइने जनाएको छ ।

नेपाल भारतबीच रोटीबेटीको सम्बन्ध भएकाले निर्वाध रुपमा नेपाली सवारीसाधनहरु नजिकको धार्मिकस्थल र रेल्वे स्टेशन सम्म आवतजावत गर्ने गरेको भएपनि सुरक्षाकर्मीले प्रवेशमा पूर्ण रुपमा प्रतिवन्ध लगाएपछि समस्या उत्पन्न भएको हो । सवारीसाधन प्रवेश निषेध गरेपछि सीमा नाकामा भारतीय एसएसबी र राजस्वविभाग विरुद्ध दैनिक विरोध प्रदर्शन भइरहेको छ भने दैनिक उपभोग्यका समानहरु ल्याउन र विहेवारी गर्नेमा समस्या उत्पन्न भएको हो ।

नेपाली र भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्दा र भारत प्रवेश गर्दा फरक खालको व्यवहार महोतरीको नेपालभारत सिमामा गरिन्छ । नेपाली सवारी साधन सहज रूपमा भारत लैजान मिल्दैन तर भारतीय सवारी साधन सहजै नेपाल आएर निर्वाध घुमिरहेका हुन्छन ।

भारतबाट नेपाल प्रवेश गर्ने जुनसुकै सवारी साधनले गाडीको अनरसिप (बिलबुक)लाई नेपालको भन्सारले आधार मान्छ । त्यसैको आधारमा नेपाली भन्सारले कागज बनाउँदा लाईसेन्स नम्बर, चेसिस र इन्जिन नम्बर हालेर पठाउने गरेको छ । नेपालबाट भारततर्फ नेपाली नम्बर प्लेटका सवारी साधन लैजान निक्कै झण्झट ब्यहोर्नुपर्छ ।

रेल्वेसम्मको पहुँच भएपनि त्यहाँबाट उता जानु पर्दा दूतावासको स्वीकृत लिनुपर्छ ।नेपालतर्फको सीमा नजिकको बजारसम्म र भारतको पहिलो रेल्वे स्टेशनसम्म जान कुनै रकम नलाग्ने र सहज आवागमन हुनुपर्ने सहमति नेपाल र भारतबीच भएको छ। त्यसैअनुुसार सहज रूपमा आवागमन गर्ने गरिए पनि त्यो भन्दा बाहिर जानु पर्दा नेपाली सवारी साधनले सहज अनुमति पाउनै सक्दैनन ।

नेपालबाट कुनै सवारी साधन भारतको जुनसुकै प्रदेशमा जानलाई पहिला भारतीय दूतावासबाट अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था छ । विरगञ्जमा यस अघि राखिएका महावाणिज्य दूतावासमार्फत यस्तो अनुमति दिने गरेकोमा अहिले यसका लागि काठमाडौँ पुग्नुपर्ने अवस्था छ । भारतीय सीमावर्ती बजारबाट नेपालीहरुले दैनिक उपभोग्यका वस्तुहरु ल्याउने गरेका छन । सर्वसाधारणले ल्याउने मालसामानको मात्र जाँच नभइ मानिसहरुको समेत कडाइका साथ जाच गर्न थालिएको छ ।

भारतीय सीमामा जाने नेपालीहरुलाई अनिवार्य रुपमा परिचयपत्र र भारतीय नागरिकको आधार कार्ड देखाउन भनिएको छ । पहिचान प्रष्ट नहुनेलाई नेपाली भूभागबाट भारतमा र भारतबाट नेपालमा आउजाउ गर्न रोक लगाइएको छ । सीमा क्षेत्रमा कडाइ गरिएपछि सर्वसाधारणलाई सास्ती भइरहेको छ ।भारतीय नम्बरका गाडी जसरी सहज रूपमा नेपाल प्रवेश पाउँछन त्यही अनुसार नेपाली सवारी साधनले पनि भारतमा प्रवेश पाउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय