पछिल्लो समय मृगौलाका विरामी अत्याधिक बढेको पाइएको छ । समुदायमा गएर स्वास्थ्य जाँचलाई तिब्रता दिने क्रममा मृगौलाका विरामी बढेको चिकित्सकको भनाइ छ । यो रोग भएको पत्तै नपाउने र समस्या आएपछिमात्र थाहा हुने भएकोले सुद्ध खानपान र व्यायमलाई बढी जोड दिनुपर्ने विशेषज्ञ चिकित्सकको सुझाव छ ।

मेडिसिनका विज्ञ चिकित्सक समेत रहेका प्रा.डा. सञ्जिव शर्माले दीर्घ रोगीहरुको उपचार समुदायमा गर्दा रोग पहिचानमा सफलता मिलेको बताउँछन् । पछिल्लो समय स्थानीय सरकारसँग समन्वय गरेर समुदायि लक्षित उपचार प्रभावकारी बनेको छ । उनले मृगौला सम्बन्धी समस्या हुने विरामी बढ्दै गएको बताए । दीर्घरोग भएकोले समयमै उपचार र वा आफैले स्वास्थ्यमा समाधान नहुँदा विरामी अपांग हुने, मृत्युवरण सम्म हुन सक्ने भएकाले सावधान हुन शिविरमा आएकाहरुलाई उनले सल्लाह दिएका छन् ।

स्थानीयमा देखिएको रोग सम्बन्धी समस्या समाधान गर्न र वडाबासीले सहज रुपमा उपचार पाउने भएकोले पनि शिविर प्रभावकारी बन्दै गएको धरान १६ का वडाध्क्षको भनाइ छ ।

यस वडाबाट मात्र अहिले हजारौ जनाले सेवा पाएका छन् । यसमा पनि सबैभन्दा ज्येष्ठ नागरिक लाभान्वित भएका छन् केएचडिसीले यो भन्दा अगाडि झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा समेत पुगेर निःशुल्क स्वास्थ्य शिविर राखेर लाखौ दीर्घरोगीहरुको उपचार गराइसकेको छ । धरान १६ पछि अन्य वडामा समेत क्रमिक रुपमा स्वास्थ्य जाँच गर्दै जाने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय