काठमाडौं । पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवामा भएको रक्तदान तथा कार्यक्रमा पर्वतबासी र काठमाडौंमा रहेका पर्वतबासी र रक्तदाताहरुक‍ो उल्लेख्य उपस्थिति रहेको थियो । रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सबैलाई संस्थाको तर्फबाट अध्यक्ष गणेश शर्माले धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्वतबासी बीच परिचय र संस्थाको आजीवन तथा साधरण सदस्यता समेत प्रदान गरिएको थियो । पर्वतबासीबीच निकट परिचय, चिन्तन, सहयोग आदानप्रदान लगायतका काम गर्ने लक्ष्यसहित स्थापना भएको संस्था भएकाले पर्वतबासीको स्वतस्फूर्त उपस्थिति रहेको थियो ।

समाजका महासचिव टिकाराम कार्कीले संस्थाले संस्थाले सदस्यता बिस्तारलाई पनि तिब्रताका साथ अगाडि बढाउँदै जाने र आगामी दिनमा समाजसेवा तथा पर्वतबासी बीच नियमित कार्यक्रम गर्ने जानकारी दिनुभयो । उहाँले यस संस्थाको सदस्य बनेर पर्वतबासी एकै ठाउँमा हुने अभियानमा जोडिन आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय