काठमाडौं । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्ने सम्भावना छ ।



त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ ।



