काठमाडौं । पाकिस्तानले दोस्रो दिन पनि भारतमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । बिहीबार तीन राज्यका ११ शहरलाई लक्षित गर्दै पाकिस्तानले भारतमा ड्रोन आक्रमण भएको हो ।

जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनियामा ड्रोन आक्रमण गरेको हो । यस्तै पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण शहरमा पनि ड्रोन आक्रमण गरिएको छ ।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाए पनि भारतीय वायु रक्षा प्रणालीले विफल बनाएको भारतको दाबी छ ।

पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ । राजस्थानका सबै सीमावर्ती जिल्लामा ‘ब्ल्याकआउट’ गर्न लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय