काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा तनहुँमा ५ हजार ३ सय ४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५ सय ३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आ.व. २०८१÷०८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए ।

चालु आवको तीन महिनामा व्यास नगरपालिकाबाट १ हजार २ सय ६५, भानु नगरपालिकाबाट १ हजार ८ सय ५१ मध्ये १ हजार ७ सय २३, भिमाद नगरपालिकाबाट ३ सय २५ मध्ये २८, शुक्लागण्डकी नगरपालिकाबाट २ हजार २ सय मध्ये तीन सय ४८, ऋषिङ गाउँपालिकाबाट १ हजार ६ सय ६६ मध्ये एक सय ५१, म्याग्दे गाउँपालिकाबाट दुई सय ६६, बन्दीपुर गाउँपालिकाबाट छ सय ७९, घिरिङ गाउँपालिकाबाट एक सय ९७, आँबुखैरेनी गाउँपालिकाबाट एक सय ७६, देवघाट गाउँपालिकाबाट पाँच सय सात परिचयपत्र वितरण गरिएको छ ।

तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन भएको प्रजिअ अधिकारीले जनाएका छन् ।

प्रजिअ अधिकारीले सम्बन्धित स्थानीय तहबाट वितरण गर्दा सहज हुने भएकाले पालिकामा पठाएर राष्ट्रिय परिचयपत्र वितरण गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय